झापा, चैत १४,
झापामा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । झापाको दमक नगरपालिका–४ चियाबगानमा बुधबार ट्रकको ठक्करबाट सकिललाल मण्डलको मृत्यु भएको हो ।
बुधवार बेलुका ७ बजेको समयमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना६ख २८९३ नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री भारतको भुताहा घर भई दमकमा मजदुरी गर्दै आएका ४५ वर्षीय सकिलाल मण्डलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मृतको शव पोष्टमार्टमको लागि दमक अस्पतालमा राखिएको छ भने ट्रक र ट्रक चालक दमक नगरपालिका–४ का ४३ वर्षीय सञ्जीव श्रेष्ठ इलाका प्रहरी कार्यालय दमकको नियन्त्रण रहेका छन् ।